Comments Add Comment

प्रधानमन्त्री संसदीय समितिको छलफलमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संसदीय सिमितिको छलफलमा सहभागी हुने भएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको अवस्थाकाबारेमा जानकारी लिने कार्यसूची छ । यसका साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूका सम्बन्धमा छलफल गरिने समितिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै