Comments Add Comment

भारतको सबैभन्दा धनी पार्टी भाजपा

नयाँ दिल्ली । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) को प्रतिवेदनका अनुसार छ वटा राजनीतिक दलले आर्थिक वर्ष २०२२/२३ को आम्दानी घोषणा गरेका छन् । यसमा दलहरूको कूल आमदानी ३०७७ करोड भारतीय रुपैयाँ रहेको उल्लेख छ ।

जसमध्ये भारतीय जनता पार्टी (भाजपा) को मात्रै आम्दानी करिब २३६१ करोड भारतीय रुपैयाँ छ। एडीआरका अनुसार आर्थिक वर्ष २०२२/२३ मा छवटा राष्ट्रिय दलहरूको कुल आयको ७६.७ प्रतिशत हिस्सा भाजपासँग छ ।

कंग्रेसले ४५२.३७५ करोड रुपैयाँको आम्दानी घोषणा गरेको छ जुन यस सूचीमा दोस्रो स्थानमा छ। यो रकम छ दलको कुल आम्दानीको १४.७० प्रतिशत हो । कंग्रेसबाहेक बीएसपी, आम आदमी पार्टी, नेशनल पिपुल्स पार्टी र सीपीआई (एम) ले आफ्नो आय घोषणा गरेका छन्।

एनडीआरका अनुसार आर्थिक वर्ष २०२१/२२ र २०२२/२३ को बिचमा भाजपाको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। २०२१/२२ मा पार्टीको आम्दानी १९१७.१२ करोड थियो, जुन २०२२/२३ मा बढेर २३६०.८४४ करोड पुगेको छ।

त्यसैगरी, आम आदमी पार्टीको आम्दानी २०२१/२२ मा ४४.५३ करोड रुपैयाँबाट बढेर २०२२/२३ मा ८५.१७ करोड रुपैयाँ पुगेको छ, जुन ९१.२३ प्रतिशतले बढेको हो।

कंग्रेसले आफ्नो आम्दानी ४५२.३७५ करोड रहेको तर कूल खर्च ४६७.१३५ करोड रहेको बताएको छ । त्यस्तै भाजपाले २०२२/२३ मा आफ्नो आय २३६०.८४४ करोड रुपैयाँ रहँदा खर्च १३६१.६८४ करोड रुपैयाँ भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै