Comments Add Comment

फेरि २ हजारमुनि झर्यो सेयर बजार

काठमाडौं । सेयर बजार फेरि ओरालो लागेको छ । बिहीबार नेप्से सूचक २८.६८ विन्दुले घटेपछि बजार पुनः २ हजारको मनोवैज्ञानिक रेखाभन्दा तल झरेको छ । नेप्से १९७२.०९ अंकमा आएर अडिएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह राताम्य भएका छन् ।

आज ३०९ कम्पनीको ७४ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै