Comments Add Comment

हराएको २१ औं दिनमा पोखरा- ३० का तेजराज ओझा मृत फेला

काठमाडौ । घरबाट ‘मर्निङ वाक’मा निस्किएका पोखरा-३० का तेजराज ओझा मृत फेला परेका छन् । सेती नदी किनारमा उनको शव सडेको अवस्थामा बिहिबार फेला परेको हो ।

माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो ।

बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए । ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

ओझालाई सुगर, प्रेसर पनि भएको र औषधि पनि नलगी गएकोले शंका लागेर उनकी छोरी स्मृति ओझाले अमेरिकादेखि खोजीका लागि अपिल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै