Comments Add Comment

स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँचजना गम्भीर घाइते

काठमाडौं । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै