Comments Add Comment

निजामती सेवाको अवकास उमेर ५८ वर्षबाट ६० प्रस्ताव

काठमाडौँ । निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट टुंगो लागेको छ । विधेयक आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त गरेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले जानकारी दिए । विधेयक आजै संसद सचिवालयमा दर्ता हुने सम्भावना छ ।

‘प्रक्रिया चलिरहेको छ’ भट्टराइले भने । विधेयक २०७५ साल माघमा पहिलो पटक संसद्‍मा दर्ता भएको भएको थियो । २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो । तर, सो विधेयक प्रतिनिधि सभामा पेस भएपनि छलफल मै नआई निष्क्रिय भएको थियो । विधेयकले कर्मचारी समायोजनमा सहजता थप्ने विश्वास गरिएको छ ।

विधेयकमा निजामती सेवाको अवकास उमेर ५८ वर्षबाट ६० प्रस्ताव गरिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक अहिलेसम्म संसद सचिवालयमा दर्ता नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै