Comments Add Comment

स्कुल बसको ठक्करबाट घाइते थप एकजनाको मृत्यु

काठमाडौँ । जनकपुरमा स्कुल बसको ठक्करबाट घाइते थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ की ५८ वर्षीया देवकली साह छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । यो सँगै बसको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एञ्जल्स स्कुलको बसले बिहेको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई ठक्कर दिएको थियो । ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ३ की ३५ वर्षीया राखदी देवी यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा अन्य ६ जना घाइते छन् । जसमध्ये ५० वर्षीय अम्बिका देवी झाको अवस्था गम्भीर छ र उनलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै