Comments Add Comment

हनुमन्ते खोलामा स्कुटरसहित पुरुषको शव फेला

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

आज बिहान सवा ६ बजे हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका-३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका हुन् । खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकरी दिएको छ ।

थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै