Comments Add Comment

तीन पटक पोजेटिभ सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं । सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२:०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो । समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।

थोरै समय कारोबार भएकाले दिनभर जम्मा ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भयो । २३० कम्पनीको मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो । बैंकिङ ५.९, विकास बैंक ६.४, फाइनान्स ६.१, होटल तथा पर्यटन ५.५, हाइड्रोपावर ७.८, लगानी ६.४, जीवन बीमा ६.३, उत्पादन ५.१, माइक्रोफाइनान्स ३.०, निर्जीवन बीमा ४.३, अन्य ६.७ र ब्यापार समूह ३.६ प्रतिशत बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै