Comments Add Comment

प्रतिक्रियावादीले उपयोग गर्न खोजे जुनसुकै बेला लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्ताले हानेर निस्कने बताएका छन् ।

सोमबार शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कतिपयले अविश्वसनीय भने पनि आफू त्यस्तो नभएको दाबी गरे ।

‘मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक,घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु’, उनले भने, ‘उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै