Comments Add Comment

शौच गर्न जादा धारिलो हतियार प्रहार गरी किशोरीको हत्या

काठमाडौं । मोरङको पथरीशनिश्चरे ७ लामा टोलीस्थित शौचालय गएकी ज्ञानमति थुलुङ राईको हत्या सोमबार राति शौच गर्न जाँदा भएको पाइएको छ ।

सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको बीभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

धारिलो हतियार पटक–पटक प्रहार गरेर निर्मम तरिकाले हत्या गरिएको उनले बताए । एकदमै बीभत्स अवस्थामा घरको परिसरमा शव भेटिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ। घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि खुल्छ।’

हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी डिएसपी दाहालले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै