Comments Add Comment

४ राउन्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम छन् ।

अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शंकरपुर बाट सोल्टी तर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।

२१ वर्षीय पोसन महरा रामको साथबाट ८ एमएम को ४ राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै