Comments Add Comment

उकालो लाग्यो सेयर बजार

काठमाडौँ । आइतबार सेयर बजारको परिसूचक नेप्से १.०८ प्रतिशत बढेको छ । २२.१० अंकले नेप्से बढेपछि २०५२ अंकमा पुगेको छ । कुल २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भयो । १९४ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने ४ को स्थिर रह्यो ।

हाइड्रोपावरबाहेकका सबै समूह बढेका छन् । सो समूह भने ०.१२ प्रतिशत घट्यो । आइतबार माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहको सूचक ४.२१ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७४, विकास बैंक १.०८, फाइनान्स १.४०, होटल तथा पर्यटन १.१२, लगानी १.२६, जीवन बीमा १.८४, उत्पादन ०.९१, निर्जीवन बीमा १.३४, अन्य ०.२८ र ब्यापार समूह ०.६५ प्रतिशत बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै