Comments Add Comment

उडिरहेको प्लेनमा दुवै पाइलट निदाएपछि

काठमाडौँ । इन्डोनेसियाको यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले लेखेको छ ।

शनिवार राष्ट्रिय यातायात सुरक्षा समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनका अनुसार दक्षिण पश्चिम सुलावेसी प्रान्तबाट राजधानी जाकार्तासम्म जनवरी २५ मा भएको एउटा फ्लाइटमा पाइलट र सह–पाइलट दुवै एउटै समयमा करिब २८ मिनेटसम्म निदाएका थिए ।

दुवै जना निदाएपछि विमानले बाटो बिराउँदा ‘नेभिगेशन एरर’ भएको थियो । धन्न यस घटनामा विमानभित्र सवार १५३ जना यात्री र चार जना फ्लाइट एटेन्डेन्ट समेत कसैलाई पनि चोट भने लागेन । विमानलाई पनि कुनै क्षति नभएको बताइएको छ । आफ्नो ज्यानलाई आराम नभएको भन्दै सेकेन्ड–इन–कमान्ड पाइलटले को–पाइलटलाई पहिला नै भनेका थिए । उडिरहेको विमानभित्र सेकेन्ड–इन–कमान्ड पाइलट करिब ३० मिनेट निदाए ।एको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै