Comments Add Comment

नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरेका छन । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माण अनुमति मागेको थियो ।

पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताएका छन ।

‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकासे पुल बनाउने निधो गरेका हौं,’ उनले भने, ‘अन्यत्रको आकासे पुल सवलाङ्गका लागि समेत असहज भएकाले लिफ्टसहितको निर्माण गर्न लागेका हौं । बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई यो पुल सहज हुनेछ ।’

ललितपुर महानगरपालिका–१३ मा यो पुल एक वर्षभित्र निर्माण गरिसक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै