Comments Add Comment

फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु

काठमाडौँ । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित भिरालो ठाउँमा लडेर प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले बताएका छन ।

सोहन चौधरी हिरासतबाट भागेका थुनुवा खोज्न खटिएका थिए। जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका थुनुवा उमेश सिंह कुँवरलाई पक्राउ गरेर ल्याउँदै गर्दा लडेर प्रहरी जवानको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक महर्जनले जानकारी दिएका छन । फागुन २१ मा पक्राउ परेका २३ वर्षीय कुँवर हिरासतबाट प्रहरीको आँखा छलेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै