Comments Add Comment

सरकार सञ्चालनका लागि कार्यदल गठन, आजै कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनका लागि गठबन्धन दलबिच कार्यदल गठन गरेको र कार्यदलले तयार पारेको कार्यक्रमका आधारमा सरकार सञ्चालन हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्र्दै प्रचण्डले सरकार गठनमा सहभागी दलहरुबिच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको र आज बेलुकासम्म कार्यक्रम सार्वजनिक हुने जानकारी गराए ।

सोही कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने उनको भनाई छ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने बताए । राजस्वको लक्ष्य बढाउन, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन नयाँ कार्यक्रम ल्याउने प्रचण्डले बताए । आर्थिक विकास सरकारको प्राथमिकता हुने बताउँदै सरकार गठनपछि पुँजी बजारमा आएको सकारात्मक संकेतलाई आफूले सरकारको जनअनुमोदनको रुपमा बुझेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै