Comments Add Comment

सेयर बजार परिसूचक ओरालो लाग्यो, ९४ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २.४८ अंकले आरालो लागेको छ। नेप्से २१०८ अंकमा कायम भएको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडको भयो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने १६ को स्थिर रह्यो ।

फाइनान्स समूह सबैभन्दा धेरै २.३२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो । बैंकिङ १, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, उत्पादन १०, निर्जीवन बीमा ६१, ब्यापार ३ अंक घटे । अन्य ८, माइक्रोफाइनान्स १७, जीवन बीमा १०, फाइनान्स ४३ र विकास बैंक समूह १४ अंक बढे ।

मूल्य धेरै बढ्नेमा यस दिन माइक्रोफाइनान्स कम्पनीहरु अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै