Comments Add Comment

वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा

काठमाडौं । वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो ।

व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।

नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए ।

ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो ।

स्थानीयबासिन्दाको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने सो क्रममा एक कर्मचारी समेत घाइते भएका छन् । त्यसपछि नगरपालिकाको डोजर पछि हटेको छ ।

झडपमा स्थानीयबासिन्दाले नगरपालिकाका कर्मचारी र डोजरमाथि आक्रमण गरे पनि प्रहरी भने त्यो सबै घटना हेरेर बसिरहेको थियो । माथिबाट आदेश नआएको आफूहरु एक्सनमा नगएको एक जना प्रहरी जवानले बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी लक्ष्मणबहादुर शाहीले प्रशासनले निर्देशन नदिँदा एक्सन लिन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै