Comments Add Comment

नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

काठमाडौं । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिका बमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो । ‘भाइबरले सूचीकरण भएको प्रमाणपत्र लै लगेको छ,’ उनले भने,‘लिंक्ड इनले पनि सूचीकरणका लागि आवेदन दिएको छ ।’

निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण हुनुपर्ने नियम उल्लेख छ । एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था राखिएको छ । तीनका सञ्चालकहरुले नेपालमा सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति तोक्निुपर्ने नियम समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै