Comments Add Comment

सेयर बजार घट्यो, कारोबार बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंक (०.३ प्रतिशत) घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ । अघिल्लो दिन २ अर्ब ८८ करोडको कारोबार भएकोमा मंगलबार २६ प्रतिशत धेरै अर्थात ३ अर्ब ६३ करोडको भयो ।

१०४ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स र माइक्रोफाइनान्स भने २ प्रतिशत बढ्यो भने उत्पादन समूह सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो । बैंकिङ ८, विकास बैंक ३०, होटल तथा पर्यटन ३१, हाइड्रोपावर १२, उत्पादन ९५, निर्जीवन बीमा ३३, अन्य ११ र ब्यापार समूह ३७ अंक घटे । माइक्रोफाइनान्स ७९, जीवन बीमा ७ र फाइनान्स ४० अंक बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै