Comments Add Comment

सेयर बजारमा सुधार

काठमाडौं । लगातार घटेको सेयर बजारमा मंगलबार केही सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २०४१ अंकमा कायम भएको छ । अंक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब ४८ करोडको कारोबार भएकोमा आज २ अर्ब ३५ करोडमा खुम्चियो ।

कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो । समूहगत रुपमा हेर्दा उत्पादन सबैभन्दा धेरै २.११ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर समूह १.५८ प्रतिशत बढ्यो । बैंकिङ ०.४९, विकास बैंक २०, होटल तथा पर्यटन २४, हाइड्रोपावर ३९, उत्पादन १४५, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २ र अन्य समूह १.९ अंक बढे । ब्यापार ४, जीवन बीमा १९ र फाइनान्स समूह भने १ अंक घटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै