Comments Add Comment

सचिव बुढवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको हो ।

बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले तीजनामध्येबाट एक जनालाई सचिव बढुवा गर्नेछ । स्रोतका अनुसार १ नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा २३ कात्तिकयता कायममुकायम प्रमुख सचिवका रुपमा छन् ।

दोस्रो नम्बरमा सिफारिस भएका केदारनाथ शर्मा ८ माघदेखि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिव छन् । तेस्रो नम्बरमा सिफारिस भएका पौड्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।

वरियता नमिची बढुवा भए लम्साल सचिव बढवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै