Comments Add Comment

दोस्रो टी–२० खेलमा पनि नेपाल पराजित

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो ।

२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्यो ।

नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए । बमले १३ बलमा २५ रनको विस्फोटक इनिङ्स खेले । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए । उनले ७ चौका हिर्काएका थिए । कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको योगदान दिए ।

मध्यक्रममा बासिल अहमदले २३ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । आयरल्याण्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए ।

कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए ।

नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए । त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै