Comments Add Comment

सामाजिक विभेद भित्रको कथामा अधारित चलचित्र “नदेखिएको जात” : वेद प्रसाद भुर्तेल

वेदप्रसाद भुर्तेल, वेदप्रसाद भुर्तेल भन्ने बित्तिकै एक फिल्म निर्माता तथा निर्देशक भनेर चिन्न सकिन्छ । वर्षौंदेखि उनले समाजमा भएका विकृति विसंगतिसँग सम्बन्धित नेपाली फिल्महरू निर्माण गर्दै आएका छन् । बुवा ओमनाथ भुर्तेल र आमा देवीमाया भुर्तेलका छोरा वेदप्रसाद भुर्तेलले २०६८ साल पुष ४ गते अन्तर्जातीय विवाह गरेका थिए । सानै उमेरदेखि समाज परिवर्तनको भूमिका निर्वाह गर्दै आउने भुर्तेलले निलम दर्जीसँग विवाह गरेका थिए। निलम दर्जी भुर्तेलले विवाह गरिसकेपछि उनलाई दलित भनेर समाजबाट बहिष्कार गरेका थिए बहिष्कारका कारण उनी आजभन्दा १२ वर्ष अगाडिदेखि उनी आफ्नो घर परिवार र आफ्न्त भन्दा टाढा छन् । त्यो समाजभन्दा अलग्गै बसेका छन्

आजभन्दा १२ वर्ष अगाडि निलम दर्जीसँग विवाह गरिसकेपछि त्यस समाजले दलित विवाह गरेको भनेर समाजले बहिष्कार गरिसकेपछि भुर्तेल इलामको चुलाचुली छोडेर अन्त कहीँ काठमाडौं तीर बसेका थिए। त्यही परिवेशमा उनले नदेखिएको जात निर्माण गरेका छन् आफ्नै कथामा आधारित नेपाली चलचित्र नदेखिएको जात निमार्ण गरेका छन् । ईलामको चुलाचुलीमा रहेका भुर्तेल परिवारभित्र खड्केको समस्या र परिवारको पीडामा सङ्घर्ष गरेको कथा र त्यो परिवारको छोरा नाती ले यति धेरै हण्डर, ठक्कर खाएको सामाजिक बेइज्जती र आर्थिक बेइज्जती सहेर बस्नु परेको विषयलाई समेत चलचित्रमा उतारेका छन् ।

भुर्तेल भन्छन् यो समाज रूपान्तरणको निम्ति धेरै ठूल्ठूला आन्दोलनहरु भए जनयुद्धहरु भए अहिलेसम्म धेरै सांसद मन्त्रीहरु बने देश परिवर्तन भयो। तरयो समाज परिवर्तन भएको छैन। यो समाजले गर्ने विभेद कायमै छ। मान्छे मान्छे एउटै हो भन्ने नाराहरु प्रशस्तै लागेका छन् । तर ब्यवहारमा जस्ताको तस्तै छ । म यो समाज परिवर्तन गर्नुपर्छ भनेर मैले हिम्मत गरेर, अन्तरजातीय विवाह गरे तर पनि मैले यो समाजसँग लड्न सकिन म आफै भाग्नुपर्यो। मुखले भनेर मात्र हुँदैन। व्यवहारमा लागु हुनुपर्छ। म जस्ता कैयौं मान्छेहरु अन्तर्जातीय विवाह गरेर त्यो समाजमा रहन नसकेर आज पनि त्यो समाजबाट भाग्दै भाग्दै हिँड्नु परेको परिस्थितिहरु छन् । मलाई कैयौं पटक मार्न समेत खोजीयो तर आज सम्म बचेको छु । म जस्ता अन्तरजाती प्रेम र विबाह गर्नेहरुलाई कति त मारेर फालिएका छन् जस्तै रुकुम नवराज बिक यो त एउटा उदाहरण मात्र हो । निर्देशक भूर्तेलले आफ्नो जीवनमा आधारित चलचित्र ‘नदेखिएको जात’ निर्माण गरी रिलिजको लागि वर्षौ देखि पर्खेर बसेका छन् । आफ्नो अन्तरजातीय विवाहबाट जन्मिएको बच्चा पढाउन हुर्काउन समाजसंग जुद्दा, चलचित्र निर्माण गर्दाका ऋणपानसंग जुध्दै बसेको त्यो अन्तरजातीय विवाहको अस्ली प्रेमी जोडी बेदप्रसाद भुर्तेल र निलम दर्जीको पिडा कसले बुझिदिने ।

निलम दर्जीलाई आजसम्म न दलित अधिकार आयोग, न चलचित्र विकास बोर्ड, न बेदप्रसाद भूर्तेलका बुबाआमा साथै भूर्तेल परिवारले यत्रो समाजमा आफ्नो छोरा, नातीलाई मान्छेले मान्छेलाई मान्छे मान्नु पर्छ है भनेर दिएको जनचेतना र ज्ञान व्यवहारमा लागू हुन नसकेको बताउछन् न्याय पाउ भनेर यत्रो संघर्ष गर्दा पनि आजसम्म यो विषयमा संविधानमा छुवाछुत उन्मुलन भनेर हिँडिरहँदा त्यो ओमनाथको घरमा आफ्नो क्रान्तिकारी छोरोलाई समाजले स्थापित गराइदेला कि भन्ने आशामा बसेका छन् ।यत्तिबेला इलाममा चुनावी माहोल तातेको छ । वर्षौ देखि परिवर्तनका लागि भोट दिएर औंला खियाई बसेका ओमनाथ भुर्तेल र देविमाया भुर्तेल कस्ले जीते पछि छोराले गरेको क्रान्ति सफल होला भनि न्याय कुर्दै बसेका छन् ।

आजसम्म पनि गाउँघर नगई, नगई सङ्घर्ष गरिरहेकै छन् । उनीहरूको जीवन कहानीमा निर्माण भएर बसेको छ चलचित्र नदेखिएको जात । यो चुनावी माहोलले पक्कै पनि चलचित्र ‘नदेखिएको जात’ क्रान्तिकारी प्रेमि जोडी बेदप्रसाद भुर्तेल र नीलम दर्जी साथै ती महान आमाबुबा छोरा विहीन खाली भएको घर पक्कै पनि चलचित्र ‘नदेखेको जात’ रिलिज हुन सकेमा परिवार र समाजसंग पुर्नमिलन हुने आशामा निर्देशक बेदप्रसाद भुर्तेलले गरेका छन् ।

निलम दर्जी र ओमनाथ भुर्तेल, देविमाया भुर्तेलले गरेको सामाजिक क्रान्तिको संघर्ष पक्कै पनि चलचित्र ‘नदेखेको जात’ र यो परिवारलाई अहिले चलिरहेको चुनावी माहोलले पक्कै पनि राहत दिन्छ भन्ने आशा छ । बेदप्रसाद भुर्तेल र नीलम दर्जीका अहिले नौ वर्षका एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै