Comments Add Comment

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-५ मा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छिन् ।
बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका-४ स्थायी घर भै हाल भरतपुर-२१ बस्दै आएकी ६८ बर्षीया पार्वती पौडेलको मृत्यु भएको हो ।

पौडेलको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ५ बस्ने २० बर्षिया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै