Comments Add Comment

कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार भएका हुन् ।

नेकपा माओवादी कर्णाली प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लले शर्मा राजीनामा दिन तयार भएको बताए । उनले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने या त्यसअघि नै दिनेबारे भने केहीबेरमा टुंगो लाग्ने उनको भनाइ छ । बुधबार नै ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै