Comments Add Comment

वाइडवडी विमान खरिदमा भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा

काठमाडौँ । दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।

अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गरे । उनले विस्तृत जानकारी केही समयमा सार्वजनिक गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै