Comments Add Comment

सुदूरपश्चिमका प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् ।

जबकी निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह संविधानको धारा १६८ (३) अनुसार २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । त्यसैले उनले विश्वासको मत नलिइ राजीनामा दिएकाले १६८(५) अनुसार सरकार बन्ने अनुमान थियो ।

तर प्रदेश प्रमुख मियाँले कानुनी परामर्शपछि धारा १६८ (२) अनुसारकै सरकार गठनको आह्वान गरेका हुन् । ‘धारा १६८ (३) अनुसार मुख्यमन्त्री बने पनि विश्वासको मत लिएर १४ महिना सरकार चलाएकाले फेरि उपधारा २ मा जानु संविधान विपरीत हुन्न भन्ने परामर्श आयो’ प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले भने, ‘उपधारा ५ मा जाँदा प्रदेशसभा विघटनतिर पनि जानसक्ने भएकाले सरकार गठनको विकल्प दिनुपर्छ भनेर प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।’

दलहरूलाई ९ दिनको समय दिइएको छ । अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै