Comments Add Comment

मेटल उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव भेटियो

काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए । ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै