Comments Add Comment

राष्ट्रपतिद्वारा टोखामा रहेको सपनातीर्थ मन्दिरको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातीर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन्।

नयाँ वर्ष २०८१ को अवसरमा सपनातीर्थमा हप्तासम्म परम्परागत जात्रा तथा मेला एक लाग्ने गर्दछ । राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोल लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै