Comments Add Comment

महालेखा परीक्षकमा रायको नाम अनुमोदन

काठमाडौँ । महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए ।

संवैधानिक परिषद्ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै