Comments Add Comment

भारत लैजाँदै गरेको १२८० प्याकेट चुरोट जमुनाहबाट बरामद

काठमाडौं । बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरेको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट बरामद गरेको हो । चुरोटसहित ढुवानीमा संलग्न तीन जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै