Comments Add Comment

लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो, आज शपथ

काठमाडौँ । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् । एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री(बाँके)लाई सरकारमा पठाउने निर्णय गरेको छ ।

यसअघि एमालेबाट चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । एमालेबाट मन्त्री बन्नेकाहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल जारी छ ।

लुम्बिनीमा यसअघि चार सदस्यीय मन्त्री मण्डल गठन भएको छ। एमालेबाट मन्त्री बन्नेहरूलाई आजै नियुक्त गर्ने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै