Comments Add Comment

लुम्बिनीमा एकीकृत समाजवादीका मन्त्री थप

काठमाडौं । लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीका मन्त्री थप भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेर समाजबादीका पनि मन्त्री थप गरेका हुन । बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् ।

थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती चौधरी छन् । मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ । बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै