Comments Add Comment

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अझै पनि सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । उनले आफ्नो दलबाट समेत एउटै मन्त्री नियुक्त गर्न सकिरहेका छैनन् ।

बिहीबार उनले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै