Comments Add Comment

डढेलोमा परेर मृत्यु भएका पहरीका परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख दिने

काठमाडौं । ललितपुरस्थित जंगलको आगो नियन्त्रणका क्रममा जलेर मृत्यु भएका शंकर पहरी र रमेश पहरीका परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख राहत दिने निर्णय गरेको छ।

नगरपालिकाको आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए। दुःखद क्षण, पर्यावरणीय क्षतिको विपत्ति र कुनै पनि प्रकारको विपद्‌मा नगरपालिका सदैव नगरवासीको साथ रहने प्रतिबद्धता व्यक्त गर्दै नगरपालिकाले आगो नियन्त्रणमा खटिने सबैलाई धन्यवाद दिएको छ।

उद्यपि अझै आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ। नगरपालिकाले आगलागीप्रति सचेत, सतर्क र एकताबद्ध रहन पनि अनुरोध गरेको छ।

नगरपालिकाले डढेलो नियन्त्रणका लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रकसहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासी, सामुदायिक वनका पदाधिकारी एवं सदस्यहरुको अथक प्रयासको उच्च सम्मान प्रकट गरेको छ।

नगरपालिकाले आगो नियन्त्रणका लागि तत्काल दमकल उपलब्ध गराउने नेपाली सेना र ललितपुर महानगरपालिकालाई धन्यवाद दिएको छ। आगो नियन्त्रणका क्रममा जलेका शंकरको हिजो मंगलबार र रमेशको आज निधान भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै