Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पसे पछि…….

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पसेपछि यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ ।

विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो दुई भवन जोडिएको स्थान हो, जहाँ पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिएका छन ।

‘एक्कासि ठूलो पानी पर्‍यो, ड्रेनेज थुनिएछ, त्यसपछि पानी विमानस्थलभित्र छिरेको देखियो । जहाँबाट पानी छिर्‍यो, यो दुई वटा भवनको ज्वाइन्ट हो,’ झाले भने, ‘त्यही स्थानबाट लिकेज भएको हो ।’

भलका कारण करिब १० मिनेट यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान/अवतरण तथा अन्य काममा भने असर नपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै