Comments Add Comment

मुख्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

यसअघि बिहीबारनै प्रदेश प्रमुख खापुङले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै