Comments Add Comment

छानबिन समिति बनाए कांग्रेसले रवि लामिछानेको राजीनामा माग्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न लागिपरेको बताएका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले उजुरबाजुर कतै केही नभएको अवस्थामा कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको बताए ।

उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेमाथि प्रश्न उठाउने तर बोल्न समेत नदिने गरेर अराजनीतिक व्यवहार गरिरहेको बताए । ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन’, ओलीले भने, ‘नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन ।’ उनले साँच्चै छानबिन र कारबाही गर्नु स्वाभाविक भएको भन्दै कसैलाई धक्का र सनक चढेका भरमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताए ।

‘हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ रु भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ’, ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै