Comments Add Comment

जनकपुरको भानुचोकमा झण्डै मारिँदा !

श्राबण महिनाको चर्कोघाम,जनकपुरमा गर्मी असाध्य बढेको थियो । शरिरभरिबाट पसिनाका धाराहरु बगिरहेका थिए । ब्युरो कार्यलयमा दीनभरिआँफुले सम्पादन गर्नुपर्नेकामहरु सकिएपछि, खाजाखाएर अघिल्लो रातिको निन्द्रालाइ ओछ्यानमा बिसाउने योजनासहित अफिस बन्दगर्यौ । र कोठातर्फ जानैलाग्दा,”तपाइहरुको कार्यलयमा डेलिगेसन आउदैछ,कार्यलय बन्दनगर्नु ।” भन्ने डिउटीमा रहेको प्रहरि अफिसरको सुझाब आएछ ।

के बिषयमा डेलिगेसन रहेछ त ? भनेर बुझ्दा,अघिल्लो दिन जनकपुरको पिँडारी चोकमा रहेको गोदावरी मार्बलको स्वरूममा कामगर्ने कर्मचारि सँग स्थानिय पार्टीकमिटीका साथिहरुको सामान्य भनाभन हुँदा स्थानिय कमिटीका साथिहरुले उक्त कर्मचारी सँग गफगर्दै,सम्झाउदै उसलाइ आँफुसगै अलिपर आफ्नो सेल्टरसम्म लिएर गएकोभन्ने बिषयमा हो रे । डेलिगेसनभन्ने बित्तिकै कुनैपनि बिषयमा माग,दाबी र आँफुलाइ चित्त नबुझेका वा आँफू असहमतिरहेको बिषयमा छलफल द्वारा सम्बन्धित निकायको ध्यानआकर्षणगर्ने/ गराउने भन्ने बुझिन्छ।

करिब तीन महिना देखि जनकपुरका ब्याबसायी,सिक्षक,कर्मचारी,प्राध्यापक,, व्यापारी,बुद्दिजिबि,बामपंथि बुद्दिजिबी र थुप्रै-थुप्रै स्थानिय जनताहरुसँग समसामयिक बिषयहरुमा राजनैतिक,बैचारिक छलफल र बहसहरु चलाउदै,गणतन्त्र र संघियताको पक्षमा बुझाइको एकरुपता कायमगर्ने/गराउने प्रकृयागत अभियानमाअत्यन्तै तिब्ररुपमा लागिरहेको कारण ब्यस्त थियौ हामिहरु । त्यसो त केही समय अघि मलंहवा कार्बाही र ०६२/०६३ को जन आन्दोलनको सफलतापश्चात हाम्रो बटालियन सिन्धुली, सिराहा,सप्तरी,धनुषा,सर्लाही, महोत्तरी लगाएतका भुगोलहरुमा जनताहरु सँग लामोसमयसम्म सहकार्य गरेका पनि थियौ हामिहरुले ।

मधेसी समुदायमा उत्पिडित जनहरुको दुख,कष्ट र भाबनालाइ सुम्सुम्याउदै, उत्पिडित समुदायका आवाजहरु सुनुवाइ गर्दै,ब्यापक उजुरिहरु उपर टोल,टोलममा पन्चायती मार्फत समस्याहरु समाधान गर्दै,बस्तिहरुमा उनिहरुको समस्या र भाबनाहरुसँग एककार गरेका थियौ । त्यो दिनमा पनि केही मागसहित छलफल होला । परिस्थिती हेरेर जबाफ दिने, बैचारिक/ राजनैतिक रुपमा कन्भिन्स गर्ने तथा आफुले हलगर्न नसकेको बिषयलाइ सम्बन्धित निकायमा पुर्याएर सहजिकरण गरिदिनु मेरो जिम्मेवारीपनि हुन्थ्यो । कुरा ०६३ श्राबण महिनाको हो । म आँफु जनमुक्तिसेना नेपाल १ न . डिभिजन मातहातको विशाल-कुमार स्मृती बृगेड अन्तर्गत कम्पनिको राजनैतिक कमिसारको भुमिकामा कार्यरत रहदै गर्दा जनमुक्ति सेना क्यान्टोनमेन्टमा रहने निश्चित भइसकेपश्चात सेनाभित्रका हामिहरु लगाएत पोलिटिकल लिडरहरुलाइ सेनाको जिम्मेवारिबाट संगठनको जिम्मेवारिमा स्थानान्तरण गर्नेअभियानको रुपमा तत्कालिन जनकपुर+सगरमाथा ब्युरो अन्तर्गत बिभागिय सचिबको भुमिकामा जनकपुरमा कार्यरत थिँए म ।

केहिदिन अगाडि स्थानिय युबासमुहहरुको ग्याङ्ग फाइट परेछ। मुद्दा पुलिसकोमा पुग्योभने पुलिसले ल्याङ्ग गर्नुको साथै आँफुहरुका करङ्गसमेत सेकिनसक्ने डर तथा माओबादी पार्टी ले न्याय दिन्छ भन्ने आँत्माबिश्वास तथा त्यसमा पनि पहाडी समुदायका हामिहरुमार्फत सफारुपमा न्यायपनिपाइने,भावनापनि मिल्ने र सुरक्षितपनि भइने उदेश्यले, आफ्नो ग्याङ्ग निर्दोषभएको दावासहित न्यायको निम्ति हाम्रो कार्यलयमा आएको उजुरिहरुमा त्यो राती दुबै ग्याङ्गका नौजवानहरुबिच हाम्रो कार्यलयमै रातभरी लामो छलफल गराएर बैचारिक र भाबनात्मक दुबै हिसाबले दुबैतर्फको जित (Win Win Theory)अन्तर्गत अत्यन्तै मेहेनत गरेर मुद्दा मिलाएर दुबैतर्फका युबाहरुलाई खुसि अनि संतुष्टबनाएर पठाउदा झुपुक्क निदाउन पनि नपाएर निन्द्राले ज्यान लट्ठबनिसकेको थियो । तैपनी राष्ट्रसेबक प्रहरी को सुझाब अनुसार कार्यलय खोल्नैपर्यो, मधेसी जनताहरुको कुरा सुन्नै पर्यो । त्यसैले पुन: कार्यलय खोलेर बस्यौ ।

केहिबेरपछी भानुचोकमा ठुलो हल्लाखल्ला सुनियो । त्यसको क्षणभरमैअत्यन्तै अस्लिल गाली गलौज र ठूलो चिच्याहट सहित बिचार र मानबिय संबेदना शून्य जस्तै लाग्ने अराजक तथा आततायि जथ्थाले भानुचोकमा रहेको हाम्रो ब्युरो कार्यलयमाथी ढुङ्गा-मुढा हरु प्रहारगर्दै,कार्यलय तोडफोड गर्दैभित्र प्रबेसगर्यो । अत्यन्तै तल्लो स्तरको,निकृष्ठ,र अस्लिल सब्दहरु द्वारा सुन्नै नसकिने गालिगलौज गर्दै, एक्कासी ढोकाभित्र पस्यो डेलिगेसन ? “हाम्रोमान्छे ल्याउछस कि तलाइ यहि जिउदै आगोलगाएर जलादिउ साला ।” भन्दैझ्याप्पै म लगायत साथिहरुको घाँटि समातेर निचोर्न लाग्यो भने रातभरिको निन्द्राले सिथिल बनिसकेको ज्यानमाथी मुक्का तथा लात्तीहरु बजार्न लाग्यो डेलिगेसनले त ! (उनिहरुको डिस्कस परेको त हामिहरु सँग त हैन नि ? हाम्रो त उनिहरुसँग कुनैपनि सरोकार थिएन नि ! आफ्नो मुद्धालाइ सम्बन्धित ब्याक्त्ति वा निकायसँग बसेर मिलाउने हो नि ! बद्मासहरु ।) त्यतिमात्र कहाँ हो र ? यो ज्यानलाइ तान्दै,घिसार्दै,लछार्दै ढोकाबाहिर निकालि त हाले ! हैट लु आज भैया लोगोको सिकार हुने नैभैयो त अब भन्ने लागिहाल्यो । बाहिर एकहुल पुलिसहरु रहेछन ।

मैले पुलिसहरु सँग डेलिगेसन,र यसको प्रकृति,सुरक्षा र हाम्रोटिमको जिबनरक्षाको कुरा गरें । तर १२/१५जनाको संख्यामा रहेका प्रहरिहरुले लाटाले पापा हेरेझैं ट्वाल्ल हेरिरहेकामात्र थिए । आततायिहरु द्वारा मुण्ट्याइदै र घिसारिदै गर्दा मैले फेरिपनि उपस्थित प्रहरी अधिकृतसँग डेलिगेसन भनेको यहि हो ? भनेर प्रश्न गर्दै,सुरक्षाको बारेमा थप सहयोगको याचना गरें । क्षणभरमै म, अखिल क्रान्तिकारिका बिध्यार्थी नेता कमरेड शिशिर खड्गी भंगेरी,रामेछाप र मेरो कार्यलयको सहयोगी भाइ कमरेड …… मुलखर्क ओखलढुङ्गालाई भानुचोमा रहेको भानुभक्तको सालिकमुनि पुर्याएर थप आक्रमण सुरु गरे। कसो-कसोगरेर प्रहरिहरुले हामिलाइ सालिकको मुनि गोलाकार रेलिङ्गभित्र हुत्याएर बाहिरबाट घेराहालेर हाम्रो सुरक्षापहरा दिने कोसिस गर्यो ।

त्यतिबेलासम्ममा वरिपरि ३२/३५ जना प्रहरिहरु देखिएतापनि त्यो अराजक र उत्तेजक भिड सामु त्यति थोरै प्रहरी फोर्स निरीह साबित भइसकेको थियो । त्यतिबेला सम्ममा अघिल्लोराती धेरै मेहनेत गरेर मुद्दा मिलाइएका टोलिका दुबैतर्फका कमाण्डर लगायत सदस्यहरुले स्थानिय बिध्यार्थि साथिहरु मार्फत पालै-पालो चिट् पठाएर हामिसँग पेस्तोल र अरुहतियारहएउपनि छन । सालाहरुलाइ ठोकी दिन्छौ । नत्र तपाइहरुलाइ मार्न अँटिसके त ? भन्दैभिडमा गोलि बर्षाउने अनुमती माग्दै,चिटहरु मार्फत खबर पठाउनुभयो र पठाइरहनुभयो । त्यसो त हतियारहरु हामिहरु सँगपनि त थिए नि ? हामिलेपनि हतियार क्याण्ट्नमेनमा राखिसकेका थिएनौ नि ! तत्कालिन साहीसेना बाट खोसिएका मालका आधुनिक हतियारहरु थिए नि हामिहरुसँग पनि । तर ती हतियारहरु कहाँ ?कहिले? र कतिबेला प्रयोग गर्ने भन्ने मेसो पाइएन र जानिएनभने त गणतन्त्र हैन रणतन्त्रपनि आउन सक्दथ्योनी ,त्यो उदन्ड र अराजक भिडसहितको जत्थाबाट ? त्यो कुनै राजनैतिक चेतनाको भिड नभएर क्र्बल अराजक जत्थात्था मात्र थियो ।

तर हामिमाथी साङ्घातिक आक्रमण हुदा त्यो त हाम्रासमर्थक, सुभचिन्तक साथिहरुको हामिप्रतिको आँत्मियता सहितको गहिरो भाबनाको पाटो थियो, गोलि हान्नुपर्छ भन्ने चाहिँ । म सगै कुट्टाइ खाइरहने मेरो प्यारोभाइ कमरेड शिशिर,उमेरले सानैभएपननि बैचारिक राजनैतिकरुपमा राम्रो क्षमता भएको उर्जावान र भरोसायोग्य बिध्यार्थी नेता हुनुको साथै सुझबुझ सहित निर्णय गर्नकोनिम्ती धेरै राम्रो सहयोगिपनि हुनुहुन्थ्यो तर त्यतिबेला चाहि उहाँ लगाएत साथिहरुपनि अब गोलिचलाउन ढिला नगरौ, गोलिचलाउन दिउ, हामिलाइ मार्नै लागिसकेअब ठोक्नैपर्छ भनेर जिद्दिगर्न लाग्नुभयो । गोलि चलाउन नदिएकोमा म सँग जोडले रिसाउनुपनि भयो शिशिर जि हरु । तर भाबाबेष र क्षणिक उत्तेजनामा आएर केबल आँफुहरु बाँच्नको निम्ति गुण्डागर्दिको साहारा लिएर,भयानक जोखिम उठाउनु बुद्दिमानी हुदैन थियो । त्यसो त झन गर्नै हुदैनथियो । मैले हुदैन भन्ने खबर पठाँए अनि पनि पटक-पटक पठाइरहे,अनि आँफुसँगैका साथिहरुलाइ पनि कन्भिस गरिरहे ।

किनकि तत्कालिन समय भनेको कुनै अदृष्य शक्तिले मधेसि जनाधिकार फोरमको नाममा मधेसि जनताहरुको मनोबिज्ञानलाइ भड्काएर मधेसि र पहाडि समुदायबिच साम्प्रदायिक दंगा भड्काएर, मुलुकमा अस्थिरता शृजना गर्नको निम्ति निहु (Issues ) हरु खोजिरहेको अत्यन्तै संबेदनशिल अबस्थापनि थियो । तसर्थ पनि हामिहरुआफैले त्यस्तो गलतनिर्णय गर्नुहुदैन भन्ने लाग्यो। बरु म आँफू एकजना मर्न तयारहुँदा नै मेरो मुलुक र मेरो पार्टीलाइ सस्तो र सहज हुन्थ्यो भन्ने मेरो ठहर रहयो । भानुचोकमा रहेको काठमाण्डौ गेष्टहाउसका संचालक मेरा आँत्मिय मित्र गोपाल अर्याल,( गुल्मी )स्थानिय पत्रकार मित्र गणेश खरेल अनि जनमुक्ति सेना नेपाल १ न. डिभिजन कार्यलयका इन्टेलिजेन्ट ( जासुसी) बिभाग प्रमुख कमरेड माहोल लगायत साथिहरुले नजिकबाट हामी र समग्र अबस्थालाइ नियालिरहनु भएको रहेछ । उक्त घटनाले गम्भीर रुप लिदैगएको कुरा गम्भिरतापुर्बक रुपमा,तत्काल १ न. डिभिजन कमाण्डर कमरेड राजेस( धन ब. मास्के) र ब्युरो इन्चार्ज हरिबोल गजुरेल कमरेड शितलकुमारकोमा पुर्याउनु भएछ। राजेस र सितलकुमार दाइले पालै पालो धनुषाको तत्कालिन प्रहरी प्रमुख एस.एस पि र प्रमुख जिल्ला अधिकारिलाइ हाम्रो जिबनरक्षाको निम्ति तत्काल पहलकदमी लिइहाल्न निर्देशन दिनुभएछ । तत्काल एस पि बिज्ञान राज शर्मा लाई एस एस पि को कडा निर्देशन आएपछि बल्ल जनपथ र सशस्त्रप्रहरिका दर्जनौ भ्यान र ट्रकहरु डि एस पि हरुको नेतृत्वमा चारै तिर बाट साइरन बजाउदै भानुचोक आइपुगे ।

भिडलाइ जबर्जस्ती परतिर धकेल्दै, हामिहरु रहेको ठाँउ भानुको सालिक वरिपरि चार/पाँच वटा शक्तिशाली घेरा बनाएर हामिलाइ सुरक्षा दिए । शरीर त मधेसिहरुले चिथर-चाथर अनि थिलो-थिलो पारिसकेका थिए तैपनी अबचाहिँ बाँचिने भैयोकि ? तै बाँचिन्छ कि ? जस्तो लाग्यो । तर अझैपनि ढुङ्गा-मुढाको बर्षाहुन रोकिएको थिएन । समय बितिसकेको थियो । बढिसंख्यामा रहेका प्रहरिहरुले पेल्न र शक्ति प्रदर्शन गर्न थालेपछि भिड एकपछि अर्को गर्दै थप अराजक र आक्रमक हुँदै थियो । एस पि बिज्ञान राज शर्माले डि एस पि लाई फोन गरेर हामिलाइ तत्काल जि प्र का ल्याएर आउने निर्देशन दिनुभएछ । डि एस पि ले मलाइ एस पि सापसग कुरा गराउनु भयो । जीवन रक्षाको निम्ति हामी प्रहरिहरुसँग जानैपर्दथ्यो र गयौपनि । अराजक भिड हुत्तिदै हाम्रो पछि-पछि आयो । हामी एस पि कार्यलय पुग्दैगर्दा एस पिको कोठामा सबै सिनियर तथा जुनियर प्रहरी अफिसरहरु जम्माभैसकेका रहेछन ।

तत्कालिन जनकपुरका एस पि बिज्ञान राज शर्मा र कमरेड राजेस को बिचमा फोनमा कुराकानी हुदैरहेछ । बिबश जि पनि आइपुग्नुभयो भन्दै,एस पि सापले फोन मलाइ दिनुभयो । क.राजेस सँग लामो कुरा भयो र घटनाको बारेमा स बिस्तार बास्तबिकता बताए मैले । फेरि तत्कालै सितल दाइको फोन आयो । सितलकुमार दाइ सँगपनि सोहिपाराले २०,२२ मिनेट कुरा भयो । हाम्रोअबस्था हेरिनसक्नुकै थियो । एस पि ले मलाइ फ्रेशहुने वातावरण मिलाइदिनु भयो । अघि गोलिचलाउन नदिएकोमा आफ्नै साथिहरुद्वारा आलोचना मात्र भएन ताकी मलाइ घेराबन्दिगरि सबैजना रिसाउदै नमज्जासँगले आलोचना गर्नलाग्नुभयो ।

त्याँहा गोलि चलाएर कुनै एकजना मधेसी मारिएको हुन्थियो भने त्यसपछिको परिणाम के कस्तो अनि कतिसम्मन हुनसक्दथ्यो ? हामिले बोकेका हतियार हरु कतिबेला र कुन अबस्थामा प्रयोगगर्ने ? भन्ने बारे मैले सबिस्तार व्याख्या गर्दै, अक्रामक साथिहरुलाइ कन्भिन्स गर्दै, सम्झाउने कोसिस गरेँ । ब्युरो कार्यलय सँगको लामो कुराकानी र आफ्नै साथिहरु सँगको छलफल पश्चात् एस पि साप र अन्य अफिसरहरुलाइ सायद अनौठो लागेछ क्यारे, एस पि बिज्ञान राज शर्माले त प्याच्छ भनिहाल्नुभयो कि , ” माओबादी पार्टीमा तपाईंजस्ता मान्छेहरुपनि छन ? अनि हुन्छन र ? भन्ने प्रश्न गर्दै ,”यस्तोकुरा मैले सोचेको पनि थिएन ” भन्नुभयो । साथै बिबेकपुर्ण निर्णय लिएर गम्भीर दुर्घटना हुन बाट जोगाएकोमा तपाइहरुलाइ बिशेष धन्यबाद छ ” पनिभन्नू भयो । हामिप्रतिको उहाँहरुको सोचाइ,बुझाइ र त्यो अभिब्याक्तिभनेको हामी र समग्र माओबादी मुभमेण्टलाई हेर्ने उहाँहरुकोआफ्नै दृष्टिकोण पनि हो । किनकी करिब ५ /६ महिना अघिसम्म बर्षौ देखि एकापसमाआम्ने-साम्ने बन्दुकसहितको लडाइ लड्दैगरेको तथा राज्यले आतंककारी घोषणा गरेको शक्ति सँग त्यतिसम्मको बिबेक रहेछ बा ! भन्नेमा अचम्म लागेकोपनि हुनसक्छ उहाहरुलाइ ! त्यो त एउटा प्रहरी फोर्सको उच्च अफिसर एस पि साप र उहाँहरुको बिबेक र चेतनामा भरपर्ने कुरा हो ।

तर सापहरुलाइ के कुरा पुन:अगबत गराउन चाहेको हो भने हामिहरु आँफुजलेर भएपनि दुनियालाइ उज्यालो दिनु पर्छभन्ने माओबादी मान्यताप्रती दृढ छौ र रहिरहन्छौ ।आँफुहरुमाथी अत्यन्तै अमानबिय रुपमा त्यसरी आततायी जत्थाबाट,निकृष्ठ र बर्बर ढङ्गले आक्रमण हुँदा हामिलेपनि हतियारहरु क्यान्ट्नमेन भित्र थन्क्याइसकेका त थिएनौ नै । आँफुहरुनै मर्ने अबस्था आइसकेपछी हामिले पनि गोलिचलाएर,२,४ जना अराजाक ,उदण्ड ,अपराधिहरुलाइ मार्दा पनि, ” जाइकटक नगर्नु,झिकी कटक गर्नु ” भन्ने भनाइको सार्थकतापनि हुनसक्थ्यो । तर फेरि चिज बेग्लै हुनसक्दथ्यो नि ! गफ-गाफ र छलफलकै बिचमा बेलुकाको खानाको मेष खुल्यो भन्ने जानकारी आयो । सापहरुसगै हामिहरुलाइ पनि त्यही खाना खाने ब्याबस्था मिलाइएको रहेछ ।

लु धेरैदिनपछि पुन: मेषमा ठूलो भाँडामा पकाइएको खाँट्टि सरकारि खाना खाइयो । अझैसम्मपनि एक अर्कोमा ससंकित भइरहेको प्रहरी फोर्ष को सिनियर र जुनियर अफिसर र प्राय सबैसँग लामो भलाकुसारि पनि भयो । हामिहरुप्रतीका थुप्रै जिज्ञासा् ,कौतुहलता पनि रहेछ उहाँहरुमा । बिबेकले भ्याएसम्म जबाफ दिए र कन्भिन्स पनि गरे मैले । लामोसमय कुराकानी र छलफल भयो । राती अबेर तिर घटनामा संलग्न टिमले त्यो केटालाइ फिर्ता पठाइदिएको खबर प्राप्तभएपछि एकआपसमा सम्झौता भयो । ब्युरो र जिल्लापार्टीका जिम्मेवार साथिहरु ले हामिलाइ रिसिभ गर्न आउनुभयो । लु बिबेक शून्य आपराधिक जत्थाको हातबाट भनौ वा कालको मुखबाट यसरी बँचियो है माइ डियर !

अन्तमा :गम्भिर दुर्घटना हुनबाट हामिहरुलाइ बचाउन अत्यान्तै महत्वपुर्ण भुमिका निर्बाह गर्नुहुने ब्युरो कार्लय, तत्कालिन १ न. डिभिन कार्लय,आँत्मिय सहयोद्धा कमरेड माहोल, काठमाण्डौ गेष्टहाउसका संचालक गोपाल अर्याल,पत्रकार गणेश खरेल लगायत अत्यन्तै सहयोगी र सम्पुर्णआँत्मिय मनहरु,गम्भिरघटना हुनबाट ढिलैभएपनि सुरक्षा र हामिहरुको उद्दारकार्यमा जुट्नुहुने धनुषाका तत्कालिन प्रहरी प्रमुख एस एस पि, एस पि बिज्ञान राज शर्मा लगायत तत्कालिन जिल्ला प्रहरी कार्यलय धनुषामा कार्यरत नेपाल प्रहरिका सबै तहकाअफिसरहरु र सम्पुर्ण प्रहरी कर्मचारिहरु प्रति हार्दिक धन्यबाद ! एबं सधैभरिको निम्ति मिट्ठो अनि सुमधुर सम्झना !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै