Comments Add Comment

होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो ।

समाचार एजेन्सी एएनआईले घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ।

७०X५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए । घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।

सोमबार साँझ मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरेका थिए । उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै