Comments Add Comment

कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक सुरु भएको छ । बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो ।

आजको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ । कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै