Comments Add Comment

अन्तराष्ट्रिय सौर्य गठबन्धनमा आवद्ध हुने सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन

काठमाडौं । अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । बिहीबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता अनुमोदनका लागि पेश गरेका थिए । जसलाई प्रतिनिधिसभाको बहुमतले अनुमोदन गरेको हो ।

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले सम्झौता अनुमोदनपछि सौर्य ऊर्जा प्रविधिमार्फत ऊर्जा पहुँच बढाउन सहयोग पुर्‍याउने बताए ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको मन्त्री बस्नेतले बताए ।

नेपालको पहिलो प्राथमिकता जलविद्युत नै रहेको तर, जलविद्युतले मात्रै आवश्यकता पूर्ति गर्न सम्भव नभएकाले सौर्य ऊर्जालाई समेत अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

आगामी १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको स्मरण गर्दै उनले बर्षायाममा २८ हजार उत्पादन भए पनि सुख्खायाममा ९ हजार मात्रै उत्पादन हुन सक्ने बताए । तर, त्यसबेला नेपालका लागि १४ हजार मेगावाट विजुली कम उत्पादन हुने भन्दै त्यतिबेला सौर्य ऊर्जाले अभाव पूर्ति गर्ने बताए ।

आगामी दुई आर्थिक वर्षमा सौर्य उर्जाबाट एक हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य रहेको पनि उनले सुनाए । अनुमोदन गर्नुअघि छलफलमा भाग लिँदै सांसदहरुले पहिले सम्झौता गर्ने र अनुमोदनका लागि संसदमा ल्याउने विषय उल्टो भएको बताए ।

सम्झौता अनुसार आईएसएको केन्द्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहने र यसमा लगानी समेत भारतको रहने आफूले बुझेको सांसद पन्तले बताए ।सौर्य गठबन्धनमा सहभागी भए पनि नेपालले सौर्य ऊर्जाबाट फाइदा लिन चीन वा अन्य देशसँग समेत सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै