Comments Add Comment

एउटा मीठो निद्रा पाउ बोलको गीत सार्बजनिक

एउटा मीठो निद्रा पाउ भन्ने बोलको राष्ट्रभावले ओतप्रोत गीत सार्बजनिक भएको छ । श्याम तमोटको शब्द, उदय श्रेष्ठको संगीत र जितेन्द्र चौधरीको स्वर रहेको उक्त गीत सार्थक एकेडेमी नेपालको युटुब च्यानलबाट सार्बजानिक गरिएको हो । गीत गणतन्त्र दिवशको अवशर पारेर सार्बाजनि गर्ने गरी अनामनगर स्थित वर्ल्ड वाईड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।

रेकर्डिस चन्दु गोर्खाली साथै दृश्य सम्पादन पुरुषोत्तम अधिकारी ले गरेका छन् । बहुदलीय राजनैतिक व्यवस्था प्राप्त भएता पनि राजनैतिक संस्कारका रूपमा बहुदलीयता स्थापना हुन सकेको देखिएन। एक अर्कालाई निषेध गर्ने व्यवहारले द्धन्द्ध निम्त्यायो ।

नेपालीहरु एक अर्कामा मारामारको स्थितिमा पुगे । यो अवस्थामा बैदेशिक हस्तक्षेपले राष्ट्रियता माथि खतरा बढिरहेको, अनुभूति भयो । सशस्त्र इन्द्रमा संलग्न मात्र हैन निर्दोष नागरिकहरु पनि मारिए । राती सुतेको मानिसले बिहानी देख्न नपाउलाकी भन्ने थियो । यही पृष्ठभूमीकोमा आधारित भएर यो गीतको सिर्जना भएको गीतकार श्याम तमोटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै