Comments Add Comment

परराष्ट्रमन्त्री श्रेष्ठ भोलि इरान जाने

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका हुन् ।

भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै