Comments Add Comment

आदिवासी जनजाति महासंघको अध्यक्षमा ओम घर्तीमगर सर्वसम्मत

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत चयन भएका छन् ।

महासंघको प्रथम राष्ट्रिय महाधिवेशन घर्तीमगर अध्यक्षमा दोहोरिएका हुन् । पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बेको नेतृत्वमा बनेको तीन सदस्यीय समन्वय समितिले घर्तीमगरको नाममा सहमति जुटाएको हो । नेपाल मगर संघका अध्यक्ष दिनेश थापामगरले अध्यक्षमा घर्तीमगरको नाम प्रस्ताव गरेपछि सहमहामन्त्री आङ्दम्बे अनुमोदन गरेका हुन् ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री र ८ जना सहमहामन्त्री रहने व्यवस्था छ ।

खुला केन्द्रीय सदस्य ३६ र सातै प्रदेशबाट ३–३ जना निर्वाचित हुने व्यवस्था छ । खुला ३६ जनामा १२ महिला र प्रदेशबाट १–१ जना महिला निर्वाचित हुने छन् ।

अध्यक्षमा घर्तीमगर सर्वसम्मत भएपछि बाँकी पदहरूमा सहमतिको प्रयास भइरहेको छ । उपाध्यक्ष रामजी कंग्रिन र एक जना गुरुङ समुदायबाट चयन हुने सम्भावना छ । महामन्त्रीमा तीर्थ लामा र जगत बरामको नाम चर्चामा छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा करिब १३ सय मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै