Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी असार १६ देखि बन्द हुने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा हुने व्‍यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्‍द रहने भएको छ । बिहीबार निकुञ्जले सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्‍यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानकारी दिएको हो ।

निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपर्युक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरू बिग्रिने, जंगलमा भएका साना खोला-खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज सृजना हुने भएकाले बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको सूचनामा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै