Comments Add Comment

आज दही–चिउरा खाने दिन

काठमाडौँ । आज असार १५ अर्थात् दही–चिउरा खाने दिन । यस दिन देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायी बताउँछन् ।

त्यसो त दुग्ध उत्पादक किसानले अझै पनि दुधको बक्यौता भुक्तानी पाइसकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ । यद्यपि असार १५ का दिन दुग्ध उत्पादक किसानका लागि पनि केही राहत मिल्ने सरोकारवाला बताउँछन् ।

दही–चिउरा खाने दिनमात्रै दहीको कारोबार करिब १ अर्ब ४० करोड रुपैयाँको हुने अनुमान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । उनका अनुसार असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने अनुमान छ ।

दुध तथा दुग्ध पदार्थको खपत बढाउन र किसानले उत्पादन गरेको दुधको बजार प्रवर्द्धनका लागि दही–चिउरा खाने दिनले सहयोग गरिरहेको यादवको भनाइ छ ।
‘यो दिन भनेको मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरिन्छ,’ उनले भने, ‘असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ । यस दिन सबै ठाउँमा दही–चिउरा खाइन्छ ।’

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र यादवले दही–चिउरा खाने नेपाली संस्कृति रहेको सुनाए । ‘वर्षमा एक चोटीमात्र होइन, बारम्बार गरिरहनुपर्ने कार्यक्रम हो,’ उनले भने, ‘किसानले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ खपत बढाउन यस्ता कार्यक्रम सदैव गर्नुपर्छ ।’

दुध तथा दुग्ध पदार्थको खपत बढाउन र किसानले उत्पादन गरेको दुधको बजार प्रवर्द्धनका लागि दही–चिउरा खाने दिनले सहयोग गरिरहेको यादवको भनाइ छ । ‘अहिले रोकिएको किसानको भुक्तानी दिलाउन बोर्ड पूर्ण रूपमा लागेको छ,’ उनले भने, ‘दही–चिउरा खाने हाम्रो पुरानो संस्कृति हो । यसले स्वदेशी उत्पादनको खपत हुनुको दही–चिउराले स्वास्थ्यलाई समेत फाइदा गर्छ र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रवर्द्धन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै