Comments Add Comment

संसद सचिवमा सुरेश अधिकारीको नाम सिफारिस

काठमाडौं । सभामुखले पूर्वसचिव सुरेश अधिकारीलाई संसदको सचिव नियुक्त गर्न सिफारिस गरेका छन् । सभामुख देवराज घिमिरेले अधिकारीलाई संसदको सचिव नियुक्त गर्न राष्ट्रपतिपक्षम सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेय संघीय संसदको महासचिव भएपछि सचिव पद रिक्त थियो ।

सभामुखले संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभाका अधिकारीको नाम सिफारिस गरेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै